–भुवन भट्ट, १५ महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका –६ बन गाउँकी भावना लुहारको परिवार अधिया खेती गरेर खाद्यान्नको जोहो गरिरहेको छ। अधिया सँगै सामान्य ठेला मार्फत तरकारी बिक्री गरी दैनिक गुजारा गरिरहेकी भावना अब भने मर्कामा पर्ने बताउँछिन्। गत वर्ष लकडाउनले खाद्यान्न अभाव झेलिसकेकी बताउँदै उनले यस वर्ष भने अझै समस्यामा पर्ने चिन्ता व्यक्त गरिन्। उनले भनिन्–‘गत वर्ष नगरपालिकाले २ किलो चामल, दाल त दियो तर १२ जनाको परिवार छ केही पुगेन।’ उनले छिमेकीबाट मागेर गत वर्षको लकडाउन कटाएको दुखेसो पोखिन्।

No description available.

महेन्द्रनगरमा कोठा भाडामा लिएर श्रीमान् काठ पेन्टर र आफू ठेलामा सब्जी बेच्दै आएकी भारत, विहारका गुञ्जन देवी गत वर्षको लकडाउनमा तिन महिना भोकै बस्नुपरेको दुखेसो पोख्छिन्।

No description available.उनले भनिन्–‘८ र ११ वर्षका दुई सन्तान छन्, गत वर्ष लकडाउनले खाद्यान्न अभावमा भौतारीनुप¥यो।’महेन्द्रनगर सालघारी सडकमा ठेलामा तरकारी बेच्दै आएकी उनले रोगले भन्दा भोकले पिरोलिनेमा चिन्ता व्यक्त गरिन्।

No description available.

लकडाउनले दैनिक गुजारा सँगै कष्टकर जीवन जिउन बाध्य गराउने निम्न आर्थिक अवस्थाका वर्गको दुखेसो छ। तर सरकार गरिखाने वर्गका पिडासँग परिचित नभएको गुनासो उनीहरूको छ। लकडाउनले रोजीरोटी समेत गुम्ने चिन्तामा छन् अटोचलाउदै दैनिक गुजारा गरिरहेका भीमदत्तनगरपालिका १८ निम्बुखेडाका तुलाराम उपाध्याय। अटो चलाएर दैनिक खर्च धानिरहेका उनले अब भने आफूजस्ता गरिखाने वर्ग भोकले समेत पिरोलिनमा चिन्ता व्यक्त गरे। सरकारबाट सहजता गरिनुपर्ने उनले माग राखे।

स्थानीय सरकार सँग छैन कुनै योजना

कोरोना महामारीबाट बच्न अन्तिम विकल्पका रूपमा ‘लकडाउन’लाई लिइए पनि निम्न वर्गका समस्या प्रति भने स्थानीय सरकार समेत उदासीन देखिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिकाले तत्काल एकसाता लागी मात्रै लकडाउन गरिने भएकाले विकराल समस्या आइहाल्ला भन्ने नरहेको जिकिर गरेको छ। तर परिस्थिति हेरी दीर्घकालीन रहन गए सहयोगी संस्थाहरूको सहयोग, कोष वृद्धि गरी समस्याको निकास निकालिने नगरपालिकाले जनाएको छ। भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्टले महामारीको अवस्था अनुसार लकडाउन कायम गरिन सक्ने भएकाले तत्काल नागरिकले भोकै बस्नुपर्ने अवस्था भने नरहेको बताए। तर अवस्था लम्बिँदै गए निम्न आर्थिक स्थिति भएका वर्गको तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको व्यवस्थापन तर्फ आफूहरू लाग्ने उनले बताए।

विश्वव्यापी रूपमा कोभिड–१९ कोरोना महामारीले ज्यान लिइरहेका बेला सूरक्षा अपनाउन कञ्चनपुरमा पनि बिहीबारबाट लानुहुने गरी निषेधाज्ञा जारी गरिएको छ। तर निषेधाज्ञामा भने निम्न वर्गका मानिसहरूलाई कसरी जीवनयापनमा सहजता तुल्याउन सकिन्छ भन्ने तर्फ न त सरकार न त प्रशासन नै उत्तरदायी देखिएको छ। गत वर्षका झैँ यस वर्ष पनि लकडाउन लम्बिँदै गए दैनिक गुजारा गर्न समेत धौधौ पर्नेमा चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुस