-भुवन भट्ट १६ वैशाख, महेन्द्रनगर–कोभिड संक्रमण दर तिब्र बनेसँगै कञ्चनपुरमा आजबाट ७ दिनका लागि निषेधाज्ञा जारी भएको छ। सामाजिक दूरी कायम राखेर कोभिड संक्रमण न्यूनिकरण गर्ने उदेश्यसहित सरकारले निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञाको पहिलो दिन सडकमा मानिसहरुको उपस्थिती कम देखिएको छ। सुरक्षाकर्मीहरु भने निषेधाज्ञा सफल पार्न खटिएका छन्। प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सुरक्षा जाँच बढाएका छन्। अत्यावस्यक कामका लागि घर बाहिर निस्केकाहरुको पनि पास जाँच गरिएको छ।

महेन्द्रनगर बजारक्षेत्रमा बाक्लो संख्यामा प्रहरी परीचालित गरीएका छन्। बजारक्षेत्रमा मात्रै ७० को हाराहारीमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। उनले जिल्ला भरी तिन चरणमा गरी पहिलो चरणमा २ सय बढीको हाराहारीमा प्रहरी परीचालीत रहेको बताए।

निषेधाज्ञा जारी भएपछि बजार, व्यवशाय, यातायातका साधन ठप्प पारीएका छन्। तर बिहान ९ बजेसम्म खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरू, दूध, पानीका सवारी, तरकारी र फलफूलका पसलहरू भने खुला नै रहने छन्। बैङ्कहरूले भने बिहान १० बजे देखि १ बजे सम्म तीन घण्टा सेवा दिने छन्।

निषेधाज्ञाको पहिलो दिन फोटोमा यस्तो देखियो महेन्द्रनगर

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुस