१६,महेन्द्रनगर–कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तिन जनाको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत उनीहरूको बिहीबार बिहान निधन भएको हो। महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय तेजु सुनार, भीमदत्तनगरपालिका –१९ का २१ वर्षीय चन्दु राना र वडा नम्बर १८ की ३६ वर्षीय सिता चौधरी रहेका छन्।

दोधारा चाँदनीका तेजु सुनारलाई भारतबाट नेपाल फर्किने क्रममा गड्डा चौकीमा गरिएको एन्टीजोन परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो। उनी केही दिन होम आइसोलेसनमा बसेका थिए। श्वास प्रश्वासमा अत्याधीक समस्यादेखीएपछि बुधवार मात्रै महाकाली अस्पतालमा भर्ना भएका उनको आज बिहान निधन भएको कोभिड सम्पर्क व्यक्ति रोकायाले जानकारी दिए।

त्यस्तै भीमदत्तनगरपालिकाका २१ वर्षीय चन्दु राना ब्लड क्यान्सर पीडित थिए भने सिता चौधरीमा वैशाख ११ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा उपचाररत थिइन्। तर श्वास प्रश्वासमा अत्याधीक समस्या देखिएपछि उनको पनि आज बिहान मृत्यु भएको रोकायाले बताए। उनिहरुको शव नेपाली सेनाले व्यवस्थापन गर्ने अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए। यस सँगै कञ्चनपुरमा कोरोना बाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ।

प्रतिक्रिया दिनुस