नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डोजर चलेको छ। बिहिबार बिहान डिभिजन वन कार्यालय डडेल्धुराले अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी पत्रकार महासंघको भवनमा क्षति पु¥याएको हो।
जानकारी तथा सूचना विना नै प्रहरी बल प्रयोग गरेर भवनमा क्षति पु¥याएको घटनाप्रति पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ। सुदूरपश्चिम प्रदेश स्तरीय सूचना केन्द्र समेत रहेको उक्त भवनलाई भत्काउँने प्रयासपछि महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरेको र सो जग्गाको भोगा धिकारसमेत महासंघसँग रहेको अबस्थामा प्रचलित कानून विपरित महासंघको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलापसँगै अक्षम्य अपराध भएको महासंघले ठहर गरेको छ।
सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग सम्वादका लागि पहल गर्दासमेत सम्बन्धित निकायहरुले वेवास्ता गरिरहेका छन’ विज्ञप्तिमा भनीएको छ। उक्त घटनाबारे बुझ्न खोज्दा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अन्जानमा गल्ती भएको भन्दै गैरजिम्मेवार जवाफ दिएको महासंघका अध्यक्ष सिंहले बताएका छन्। साथै महासंघले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुबाट लेवी तोकेर निर्माण गरेको सो भवनमा पुगाइएको अपुरणीय क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ।