बैतडीमा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा १५ दिन बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो। वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ २ गते देखी १५ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको उनले बताए । निषेधाज्ञाको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने र अनावश्यक हिडडुँल गर्न पनि पाईने छैन । अब खाद्यान्नका पसल पनि २ घण्टा मात्रै खोल्न पाइने भएको छ । यसअघि बिहान ७ देखि १० बजे सम्म खोल्ने पाइने खाद्यान्न तथा तरकारी पसल अब बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने भएको हो । बैतडीमा दोस्रो लहरको कोरोना फैलिए यता ७ जनाको मृत्यु भइसकेको छ । भने ७ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुस