अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५७ औँ विद्यार्थी एकता दिवसको सन्दर्भमा सशस्त्र विद्रोहको निम्ती तयार रहन अपिल गरेको छ। आज मुलुक दलाल, तस्कर, गुण्डा, भ्रष्ट र माफियाहरुको कब्जामा रही राष्ट्रियता अत्यन्तै संकटग्रष्त अवस्थामा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सशस्त्र विद्रोहका निम्ती तयार रहन अपिल गरेको हो।

अध्यक्ष हरीकृष्ण गजुरेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा ‘एमसीसी पास, नेपालका स्रोत साधनलाई कौडीको भाउमा विदेशीहरुलाई सुम्ने काम भइरेकको भन्दै आपत्ती जनाइएको छ। अहिले कोरोना महामारीका बिच अक्सिजन, भेन्टिलेटर, आइसीयु लगायत अत्यावस्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्न सरकार राष्ट्रियताको सवारमा गैरजिम्मेवार देखीएको छ।’ विज्ञप्तिमा भनिएको छ।

५७ औं विद्यार्थी एकता दिवसको सन्र्दभमा आम विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, महिला, दलित, जनजाती, उत्पीडितलगायत आम जनसमुदायलाई विद्रोहका लागीतयार रहन समेत हार्दिक अपिल गर्दछौ। विज्ञप्तिमा भनिएको छ।

May be an image of text

प्रतिक्रिया दिनुस