कञ्चनपुरमा पछिल्लो २४ घण्टामा एक सय जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनाले कोरोना बाट ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका –१८ का ४९ वर्षीय महिला, वडा नम्बर ५ का ४६ वर्षीय पुरुष, दोधारा चादनी नगरपालिका ३ मन ४५ वर्षीय महिला र वडा नम्बर ६ का ६५ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भीमदत्तनगरपालिकाका ६३ जना, बेदकोट नगरपालिकाका ४२ जना, सुक्लाफाँटा नगरपालिकाका ४६ जना, कृष्णपुर नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकामा १५ जना, दोधारा चादनीमा ३ जना, पुर्नवासमा १८ जना, लालझाडी गाउँपालिकामा ६ जना र बेल्डाडी गाउँपालिकामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। त्यस्तै गड्डाचौकी नाका गरीएको एन्टीजोन परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्।