महेन्द्रनगर–कञ्चनपुरमा शनिवार सात ग्राम खैरो हिरोइन सहित पक्राउ परेका पत्रकार नरेश जोशीमाथी मुद्दा दर्ता भएको छ। पश्चिम नेपाल दैनिकको पास लिएका शुक्लाफाँटा नगरपालिका–४ घर भएका जोशी शनिवार बेल्डाडी क्षेत्रबाट ७ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए। पक्राउ जोशी उपर मुद्दा दर्ता गरी कारबाही अगाडी बढाइएको कञ्चनपुर प्रहरीले जनाएको हो।

प्रेसको ज्याकेट लगाएका जोशीलाई बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकाबाट सशस्त्र प्रहरीले सात ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका उनले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

जोशीका साथबाट मोबाइल दुई थान, क्यामेरा एक थान, बैङ्कको चेक पाँच थान, एटिएम एक थान, सुदूरखबर दैनिकको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लु बुकसहित बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर बहादुर क्षापाक्षेत्रीले जोशीमाथी आइतबार बिहान लागु औषध कारोबारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाए। उनले भने,–‘संका लागेर समातिएका जोशीको साथमा लागु औषध फेला परेपछि नियन्त्रणमा लिइएको हो, मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको छ।’ जोशी सँगै अर्का एक जना समेत रहेको बुझिएको डिएसपी थापाक्षेत्रीले जानकारी दिए। उनले थप अनुशन्धान भइरहेकाले छिट्टै कार्वाहीको दायरमा ल्याइने बताए।

पत्रकार महासंघ कञ्चनपुरको छानबिन समिति गठन

पत्रकार जोशी महेन्द्रनगरमा तिन वर्ष पहिले सञ्चालनमा रहेको सुदूरखबर राष्ट्रिय दैनिकका प्रकाशक रहेको र पत्रकार महासंघको साधारण सदस्यता पनि लिएको पाइएपछि पत्रकार महासंघ शाखा कञ्चनपुरले छानबिन समिति गठन गरेको छ।

निवर्तमान सहसचिव मोहन बिस्टको संयोजकत्वमा सदस्य होम योगी र देवेन्द्र खड्का रहेको तिन सदस्यीय छानबिन समितिले प्रहरी नियन्त्रणमा रहेका जोशी पक्राउ पर्नुको कारण र दोषी ठहर भए कारबाहीका लागी सिफारिस अगाडी बढाइने जनाएको छ। महासङ्घले दोषी ठहर गरेमा जोशीलाई पत्रकार महासंघको साधारण सदस्य नरहने गरी कारबाही गरिने जनाएको छ।

कारबाहीका लागी सिफारिस

पत्रकारितामा विगत केही समयदेखि निष्क्रिय रहेका जोशी महामारीको समयमा लागु औषध कारोबारमा सक्रिय देखिएकाले कारबाहीका लागी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय कार्यालय काठमाडौँमा कारबाहीका लागी सिफारिस गरेको छ।

पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव राम सिह ठगुन्नाले आइतबार जोशी उपर कारबाहीका लागी केन्द्रीय समितिलाई सिफारिस गरिएको जनाए। साथै सो घटनाका बारेमा अध्ययन गर्नका लागी पत्रकार महासंघ शाखा कञ्चनपुरले तिन सदस्यीय छानबिन समिति पनि गठन गरेकाले चाडै प्रतिवेदन बुझाउने जनाएका छन्।

No description available.

प्रतिक्रिया दिनुस