गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ। थ्री डीभीएल क्रेशनको अगुवाइमा सरसफाई गरिएको हो। कोरोना महामारीले आर्यघाटमा शवको चाप बढेसंगै दुर्गन्धित बनेकले सरसफाई गरिएको क्रेशनका अध्यक्ष दिपक ओझाले बताए।

‘आर्यघाटमा जल्न बाँकी रहेका शवका अवशेष यत्रतत्र छरिएर रहेका थिए’–उनले भने–‘कोरोना महामारीपछि आर्यघाट झनै दुर्घन्धिन बनेपछि हामीले सरसफाई गरेका हौ।’ शवका अवशेषलाई खाल्डोमा गाडीएको छ। अन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको उनले बताए। सरसफाईका लागि हेबि ईक्यूवमेन्ट डिभिजन कार्यालय गोदावरीका मेकानिकल अधिकृत लक्षण ऐरले जेसीबी र स्थानिय राजेन्द्र खड्काले तेल सहयोग गरेको थिए।

प्रतिक्रिया दिनुस