कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप एक सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ६६ जना, बेतकोट नगरपालिकाका १३ जना, सुक्लाफाँटा नगरपालिकाका २७ जना र कृष्णपुर नगरपालिकाका १ गरी एक सय सात जना रहेका छन्।

त्यस्तै एन्टिजेन परीक्षणमा भीमदत्तनगरपालिकाका ३ जना, दोधारा चादनीका १२ जना र पुर्नवासका १२ गरी २७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६ जना कोरोना संक्रमितको निधन भएको छ। भीमदत्तनगरपालिका –६ का ६७ वर्षीय पुरुष, वडा नम्बर २ का ७८ वर्षीय महिला, वडा नम्बर १० का ५३ वर्षीय पुरुष, पुर्नवास नगरपालिका–६ का ६० वर्षीय पुरुष वडा नम्बर ८ का ४५ वर्षीय पुरुष र दोधाराचादनी नगरपालिका –८ का ७० वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट निधन भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

यो सँगै कञ्चनपुरमा दोश्रो चरणको कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय १९ पुगेको छ। जसमध्ये ८५ पुरुष र ३४ जना महिला रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर भट्टले जानकारी दिइन्।

प्रतिक्रिया दिनुस