३ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तत्काल फिर्ताको माग गरेको छ। आइतबार देखी लागुहुने गरी सरकारले पेट्रोल, डिजेल,मट्टितेल र हवाइ इन्धनमा २ रुपैयाका दरले मुल्यवृद्धि गरेको थियो।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष हरी कृष्ण गजुरेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा यसरी पटक–पटक जनताको ढाड सेक्ने गरी गरीएको मुल्य वृद्धि तत्काल फिर्ता नलिए सशक्त संघर्षमा उत्रने चेतावनी दिइएको छ।

No description available.

प्रतिक्रिया दिनुस