जनक महरा (डडेल्धुरा) – डडेल्धुरा भागेश्वर गाउँपालिका – ४ डुगरीका दीपक भट्ट सदरमुकाममै खबरदारी मिडिया संञ्चालन गर्छन र बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा छन। सुदुर पश्चिममै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघको खुल्ला निर्वाचीत सदस्य पनि हुन।
उनी यसपाली भने गजबको सक्रियता र सामाजिक उत्तरदायित्व निर्वाहमा लागेका छन। बोलन्या थलीले सुरु गरेको “प्राणका लागि रु ५०० अभियान’’को संयोजक भएर प्रदेशका ७ ओटै पहाडी जिल्लामा अक्सिजन र अक्सिमिटरको निः शुल्क बितरणमा लागेका उनलाई साथ दिरहेका छन सुरत तमोली। भने अभियानको नेटवर्किङ धनगढीबाट केन्द्रीय संयोजक यादब जोशीले गरिरहेका छन। गत बर्ष आश्रय–अड्डा, दानापानी, ड्रोनबाट दैलोमा दवाई, नाकामा पिसिओ जस्ता पेन्डामिक लक्षित अभियान थलीले चलाएको थियो।
विश्वभर देखापरेको कोरोनाको दोस्रो लहर सँगै मुलुकभर अक्सिजन अभाव हुन थालेपछि प्राणका लागि रु. पाँच सय अभियान चालाईएको संयोजक भट्ट बताउछन्। अभियान बोलन्या थली र खबरदारी मिडिया हाउसको सहभागीतामा चलिरहेको र अभियानलाई भागेश्वर गाउँपालिका र अमरगढी नगरपालिकाले समन्वय गरिदिएको हो। अभियानले सुदुर पश्चिम प्रदेशका डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा अक्सिजन सिलिन्डर वितरण गरेको छ भने , डडेल्धुरामा अक्सिमिटर पनि वितरण गरेको छ। अबका दिनमा अभियानले राहातका कुरा र अन्य जिल्लामा सिलिन्डर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।
“मानिसको जन्म पछि मृत्युु निश्चित छ , बाच्नुजेल समाज परिवर्तनका लागी आफ्नो स्वार्थ बाहेक र विवेकले सकेको योगदान समाजलाई दिऔ, परिवर्तन आफै हुदै जान्छ। आफुले कमाएको केहि अंश समाज लाई दान गर्नु नै धर्म हो , धर्म कमाउनु मन्दिर नै जानू पर्छ, पुजा नै गर्नु पर्छ भन्ने छैन।’’
“मेरो आमा , बुवा , घर परिवार र दाजु यादब जोशीलाई म मेरो प्रेरणाको स्रोत मान्छु । पत्रकारीता सङ्गै समाजसेवामा लाग्ने मेरो ठूलो रहर छ , भट्टले भने।