सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना, कैलालीका ५ जना, बैतडी र डोटीका १÷१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ, यस्तै प्रदेशभर थप ८४९ जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन विधिबाट २ हजार १०१ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५१७ पुगेको छ ।

प्रतिक्रिया दिनुस