नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भाद्र १६ गतेबाट महाधिवेशन सुरु गर्ने प्रस्ताव भएको थियो । उक्त प्रस्तावको बारेमा आज छलफल हुनेछ ।

समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा आज (बिहीबार) दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुस