काठमाण्डौ – सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहेको यो परिषद्ले विपद् भएका ठाउँको क्षतिको मूल्याङ्कन गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउने निर्णयसमेत गरेको छ । नियमावलीले निर्दिष्ट गरेअनुसार केही तत्काल केही भुक्तानीको व्यवस्था गर्ने र पुनर्निर्माणको काम अघि बढाउने निर्णय भएको भूमि, व्यवस्था सहरी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिए।

यस्तै प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आवश्यक सबै कामअरु अघि बढाउने निर्णयसमेत भएको मन्त्री कर्णले बताए। बैठकमा अहिलेको विपद्को अवस्था र र भविष्यमा आउने सबै विपद्का लागि आवश्यक तयारी, बाढी पहिरोका कारण घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्थापनबारे छलफल भएको र आवश्यक प्रबन्ध मिलाउन सम्बन्धी निकायलाई निर्देशन दिइएको मन्त्री कर्णले बताए।

प्रतिक्रिया दिनुस