महेन्द्रनगर–कञ्चनपुरमा बिहिबार थप ५९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस अघि बुधबार मात्रै जिल्लामा ४५ जना संक्रमण मुक्त भएका थिए। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका २ जना, गड्डाचौकीमा गरीएको परीक्षणमा २ जना, पुर्नवास नगरपालिका र लालझाँडी गाउँपालिकाका १–१ जना रहेका छन्। यस संगै जिल्लामा जम्मा संक्रिय संक्रमीत २ सय ७८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा मंगलबार सम्म १ सय ८४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुस