महामारीका बेला जनताको जिउधनको सुरक्षा छाडी मदिरा खान कैलाली गएर लफडा गरेर फर्किए

दोस्रो चरणको कोरोना महामारी रोकथामका लागि कञ्चनपुर सहित देशभरीका ७५३ पालिका सरकार युद्धस्तरमा जनताको जिउधन सुरक्षा र विकास निर्माणमा खटिएका छन । तर, कञ्चनपुरको कृष्णपुरका मेयर कर्ण हमाललाई सत्ताको उत्मादले धर्तीमा खट्टा नटेकाई महामारीका बेला जनताको जिउनधनको सुरक्षाको विषय त कहाँ हो कहाँ राती मदिरा सेवन गर्न सरकारी सवारी साधन लगेर कैलालीको गोदबारी नगरपालिका क्षेत्र गएर लफडा गरेर घर फर्किएका छन । संघीय सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कट्टर कार्यकर्ता समेत रहेका मेयर हमालले गोदाबरी नगरपालिका २को गोदाबरी बजारमा एक होटलमा मदिरा खान देउ भनेर होटल संचालनमाथि नै धम्की दिएका छन ।

 

बुधबार राती करिब १०बजेतिर तीन चार जना युवासंगै सरकारी सवारी साधन दुरुपयोग गरेर मदिराका लागि कैलाली पुगेको हमालले होटल साहुमाथि अभद्र व्यवहार मात्र होईन सत्ता, शक्तिको धम्की दिएर आफ्नो चरित्र उदाङगाएका छन । लकडाउका कारण सबै होटल क्षेत्र बन्द भएपनि जनप्रतिनिधी जस्तो व्यक्तिले राती मदिरा चाहियो भन्दै गौरब होटका संचालक विष्णूदेव गिरीलाई धम्काएको रहस्य बाहिर खुलेको छ । होटल साहु गिरीकी छोरी कृतिमा गिरीले मेयरले आफ्ना बाबुमाथि गरेको दुव्र्यवहार समाजिक सञ्जालमा पोष्ट गरेसंगै मेयरको सर्बत्र आलोचना भईरहेको छ ।

 

कृष्णपुर नगरप्रतिनिधी स्रोतका अनुसार मेयरले दोस्रो चरणको महामारीका बेला जनताको सुरक्षाको साटो ससुराली गएर बसेपछि कृष्णपुरका कोरोना महामारी नियन्त्रणमा भूमिका निर्वाह नभएको भन्दै स्थानीयले बिरोध गरेका थिए । अघिल्लो पटक क्वारेन्टाईनमा सबेकी एक महिलालाई करेन्ट लागेर घाईते भएका बेला एम्बुलेन्स नपाएर मेयर उप मेयरसंग दुई गाडी हुँदा समेत नदिएका मेयरले यस बर्ष कोरोना बिरामी बोकेको नागरिकबाट रकम अशुलेका थिए ।

 

मेयर कर्ण हमालले केही जनप्रतिनिधी पत्रकारसंग आफु नगएको र कुनै बिरामीको अस्पताल पु¥याउन गाडी दिएको भन्दै अभिव्यक्ति दिए । आफ्नो बदनाम गराउनका लागि गलत प्रचारबाजी भएको उनको आरोप छ । तिनै मेयरले गत बर्ष कोरोना संक्रमित भई महाकाली विद्यालयका क्वारेन्टाईनमा बसेकी महिलालाई करेन्ट लागेर घाईते हुँदा ति विपन्न दलित महिलाको पीडा देखेनन् । केही दिन अघि कोरोना बिरामी बोक्दा रकम अशुलेका मेयरले यस पटक कुन आफन्त बिरामी रहेछन । खुलाएनन् ।

 

मेयरको मदिराकाण्ड बारे उनले प्रयोग गर्ने ९८५८७५०६२१नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । महामारीका बेला सत्ताको उत्मादले सरकारी सवारी साधन दुरुपयोग नागरिकमाथि धम्की दिने कार्य कुसल जनप्रतिनिधीको नैतिकता भित्र प्रदैनन । मेयर आफु दोषि होईन्न भने घटना बारे किन स्पष्ट बोलेनन र घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर स्थानीयले कार्बाहीको माग अघि सासरेका छन ।

प्रतिक्रिया दिनुस