कञ्चनपुरको कृष्णपुर नगरका प्रमुख कर्ण हमालको मदिराकाण्ड र बाख्रा पालनमा कैलालीमा दिने अनुदान काण्ड गैर कानुनी भत्र्सनायोग्य भएको माओवादी केन्द्रले ठहर गरेको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै महामारीका बेला एक सिन्को समेत नभाँचेका मेयरले कानुनको धज्जी उडाउँदै गोदाबरीको गौरब होटलका संचालकसंग मदिरा माग्नेदेखि मदिरा नदिएको झोकमा ज्यान मार्ने धम्की दिएको घटनाप्रति भत्र्सना जाहेर गरेको छ ।

 

कृष्णपुरका किसानका लागि आएको अनुदान कैलाली स्थित गोदाबरीमा गएको अनुदानप्रति समेत आपत्ति जनाउँदै मेयरका दुवै कार्य गैर कानुनी भत्र्सनायोग्य काम भएको माओवादी केन्द्र कृष्णपुरको ठहर छ । माओवादी केन्द्र कृष्णपुर नगरका सचिव जगदीश मल्लले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

 

कृष्णपुरका मेयर हमालको मदिरा काण्ड र अनुदान काण्ड बाहिरपनि नगरपालिकाले अझै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस अघि काँग्रेसले समेत घटनाको भत्र्सनासंगै मेयरको नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा माग अघि सारेका छन । महामारीका बेला मदिराकाण्डले मेयरको चौतर्फि भत्र्सना गरिएको छ । मेयर हमालले यस बारेमा कुनै आधिकारिक धारणा नदिएपनि केहीसंग आफु नगएको र कुनै नगरबासीलाई अस्पताल पु¥याउन गाडी दिएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुस