कञ्चनपुर। नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाली भूमि अतिक्रमित रोक्न माग गरेको छ ।नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश कमिटि इन्चार्ज अशोक लम्साल अनुकुलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ – ‘बिगत केहि बर्ष देखि सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्ला, वेलौरी,पुर्नवास, चाँदनी दोधारा नगरपालिकाको सीमावर्ती क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भारतीय सुरक्षा फौज एसएसबीले सधै नेपालीलाई दुख दिने र बाली लगाउने तयारी गरेको समय विभिन्न समस्या गर्ने गरेका छन् । दिनहुँ नेपाली भूमि अतिक्रमण र नेपाली नागरिकमाथि ज्यादति भइरहँदा पनि नेपाल सरकार भने मुकदर्शक बनेर सत्ताको रसस्वादन गरिरहेको छ ।’

क्रान्तिकारी माओवादीले नेपाली भूमिमा भईरहेको भारतीय विस्तारवादी रवैयाको घोर निन्दा र भत्र्सना समेत गर्दै नेपाल सरकारलाई तत्काल कुटनीतिक पहलबाट भारतीय अतिक्रमण बन्द गराउन आग्र्रह समेत गरिएको छ ।

त्यसैगरी नेपाल सरकारले कुनै पहलकदमी नलिए भारतीय विस्तारवादको यसप्रकारको रबैयाविरुद्ध राष्ट्रप्रेमी स्वाभिमानी आम नेपाली नागरिक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भन्दै आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुस