मदन नेपाली
कञ्चनपुर असार २० । नेपाल कम्यूनिष्ट पार्टी(विप्लव) कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । प्रतिबन्ध फुकुवा पछि नेकपा विप्लवले खुला राजनीतिकसंगै महेन्द्रनगरमा पार्टी कार्यालय संचालनमा ल्याएको हो ।
आइतबार एक कार्यक्रमका विच पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज ओम पुन(निर्माण)ले खुला राजनीतिक कार्यक्रमका लागि पार्टी कार्यालय अपरिहार्य अनुरुप संचालनमा ल्याएको बताए । ‘पार्टीमाथिको प्रतिबन्ध हट्यो, ‘उनले भने, ‘अझै मुद्दा खारेजी र हाम्रा कयैन साथिहरु सरकारले रिहा गरेको छैन ।’पार्टीले वैज्ञानिजक समाजवादका लागि राजनीतिक कार्यक्रम छिट्टै ल्याउने उनले बताए । संसदिय व्यवस्था असफल भएकोले जनताको वैज्ञानिक समाजवादको फैसलाको लागि एक चोटी जनमत संग्रहमा जानु पर्ने अपरिहार्य रहेको बताए । देशैभरि जिल्ला पार्टी कार्यालय स्थापना गरेर जनतामा जनजिविकाका कार्याक्रम लगेर जाने तयारी रहेको बताए । पार्टी कार्यालय उद्घाटनसंगै नेकपा विप्लव कञ्चनपुरले १४ बुँदा जारी गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
विप्लव कञ्चनपुरले जारी गरेको प्रेस विज्ञप्तीमा किसानदेखि राष्ट्रियका विषय समेटिएका छन । वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह सृजना गरिने निर्णय गरेको छ । विप्लवले राष्ट्रियताका विषयमा संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ ।
भ्रष्टाचार, समाजिक अपराध, चुरे दोहन, एमसीसी, कर छली, पाठ्य पुस्तक तथा सबै सरकारी कार्यालयमा नेपालको चुच्चे नकसा राख्न लगाउने जनाएको छ ।असारे विकासका नाममा हुने कमिसन बिरुद्धमा विप्लव पार्टीले भण्डाफोर गर्ने भएको छ । कोरोना महामारीका बेला व्यापारिकशैलीमा अनियमितता गर्नेमाथि प्रहार र सबै नागरिकलाई खोप दिनुपर्ने माग अघि सारेको छ । भूमिहिन, सुकुमबासी, आरक्षपीडितको उचित व्यवस्थापनको हुनुपर्ने सुझाव अघि सारेको छ ।
शिक्षक कर्मचारीविचको विभेद अन्त्य, कोरोना महामारीबाट पीडित सम्पूर्ण व्यवसायीलाई राज्यबाट छुट, महामारीका बेला चर्को ब्याज अशुल्ने सहकारी एव वित्तिय संघ संस्थालाई चेतावनी दिएको छ । भीनपा ९ मटैना स्थित बैजनाथ सिद्धनाथ माविको घटना बारे छानबिन गर्ने, निजी विद्यालयले लकडाउनका बेला विद्यार्थीबाट अवैध रुपमा अशुलीरहेको शुल्क फिर्ता हुनुपर्ने माग अघि सारेको छ । नेकपा कञ्चनपुरका सचिव रमेश परियार९जिवन० र इन्चार्ज ओम पुनद्वारा हस्ताक्षर गरेको गरेको विज्ञप्तीमा किसानलाई समयमै मलखाद उपलब्ध गराउनुपर्ने जोडदार माग गरेको छ ।