गृह मन्त्रालयले कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । राम कुमार महतोलाई सरुवा गरि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा राम प्रशाद पाण्डेलाई पठाएको हो । जिल्लामा नयाँ सिडिओ आउँदा राजनीतिक दल, नागरिक समाज पत्रकार, कर्मचारी, सुरक्षाकर्मीसंग शुरुमै परिचयात्मक कार्यक्रम हुन्छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पाण्डेले कञ्चनपुरका राजनीतिक दलसंग परिचयात्मक कार्यक्तम राखेका थिए । उक्त परिचयात्मक कार्यक्तममा सत्ताधारी एमालेका दुई अध्यक्ष उपस्थिति भएपछि सहभागि अलमलमा परेका छन ।

 

एमाले माओवादी एकिकरणसंगै नेकपा बन्यो, नेकपा फुटसंगै एमालेलाई जेठ २पुर्वकै अवस्थामा लग्ने केन्द्रमा सहमती भएका बेला कञ्चनपुरमा ओली र नेपाल समुह चिरा भएको देखिएको छ । नेकपा एमाले ओली समुहका अध्यक्षबाट बीर ब. थापा(पातल) र नेपाल समुहका तर्फबाट तारालामा तामाङ्ग बैठकमा सहभागि भएपनि अन्य दलका नेता एव सहभागि अचम्मित भएका थिए ।

 

कार्यक्तममा नेपाल समुहका नेता मोहन रावलले परिचय दिदै पार्टीका तर्फबाट आधिकारित धारणा अध्यक्ष तारालामा तामाङ्गले दिनुहुनेछ भन्दै आफुले स्वागत मात्रै गरे । कार्यक्रममा सहभागि एक नेताले एमाले कञ्चनपुरको अध्यक्षमा दुई दुई नेता अध्यक्ष हुँ भनेर आएपछि कस्तो कम्यूनिष्ट पार्टी भन्दै एकछिन हाँसो भएको थियो । एकातिर पार्टीलाई जेठ २कै पुर्व अवस्थामा लग्ने अध्यक्ष केपी शर्मा ओलीले बताउदै अर्कातिर आफ्ना गुटका अध्यक्ष प्रशासनको कार्यक्तममा पठाउने भन्दै नेपाल समुहले ओली समुहको आलोचना गरेका छन ।

 

दुवै समुहका पुर्व एमाले धार तर्फका अधिकाँस नेताहरुले एमाले कञ्चनपुरको अध्यक्ष तामाङ्ग भएको बताएका छन । भने केही ओली समुहका नेताहरुले अध्यक्ष थापा नै भएको दावि गरिरहेका छन । कार्यक्तममा सहभागि जसपा कञ्चनपुरका प्रवक्ता अम्बादत्त तिवारीले अपराधिक कृयाकलापमा निगरानी सीमा सुरक्षा एव कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुस