महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले राप्ति नगरपालिका–३ चितवनकी सुजिता भण्डारीका दोर्षीलाई यथासिघ्र कार्वाहीको दायरामा ल्याउन माग गरेको छ। मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्रेस विज्ञप्ति जारी गर्दे उक्त घटनाको सत्यतथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्तालगाई हदैसम्मको कार्वाहीको माग गरेको हो।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउन र आगामी दिनमा महिलामाथि हुने अपहरण, बलात्कार, हत्यालगायत कुनै पनि घटना हुन नदिन सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ,–‘असार २१ गते काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धी गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण गरेको र सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार र क्यामेरा तोडफोड गरेको घटना प्रती हाम्रो सङ्गठन घोर भत्सना गर्दछ।

साथै अभिभावकहरुले गरेको साहसपुर्ण कदमको सम्मान गरिएको छ। उक्त घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा कार्वाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ।

No description available.

प्रतिक्रिया दिनुस