अत्तरीया–नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् । रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए। ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुमाझ भने।
प्रतिक्रिया दिनुस