कञ्चनपुर , कञ्चनपुर उद्योग वाणिज्य संघ आयोजनामा कोरोना महामारी फैलन नदिन सचेतना कार्यक्रम गरिएको छ । मंगलबार कञ्चनपुर उधोग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी कार्यालय कञ्चनपुर सहकार्य र उधोग वाणिज्य महासंघकासंघ उधोग वाणिज्य महासंघका सुदुरपश्चिम प्रदेशको सहयोगमा मदनचोकमा कोरोना महामारी फैलन नदिन सचेतना कार्यक्रम गरेको हो । कोरोना महामारी संक्रमण न्यूनिकरणका सचेतना कार्यक्रम गर्दै मास्क सेनिटाइजर गल्बस र पम्प्लेट पनि बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद पाण्डेले कोरोना महामारी संक्रमण बाट बच्न सबैले स्वास्थ्यका मापदण्ड पालन गरेर हिडडुल गर्न आग्रह गरेका छन् । भोलीबाट स्वास्थ्यको मापदण्ड पालन नगर्ने मास्क लगाएर नहिड्ने सार्वजनिक ठाउँमा भिडभाड गर्ने गरेको पाएमा कारवाही र जरिवाना गर्ने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । तेस्रो लहरको कोरोना महामारी संक्रमण आइरहेको हुँदा सबैले स्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने र मास्क लगाएर मात्र हिडडुल गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै उधोग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले निजि पसल सञ्चालन गरेर व्यापार व्यवसाय गरेका हरूले राज्य लाइ समय कर तिर्नु पर्ने भएपनि व्यवसाय गेरेका हरूले कोरोना खोप नपाउनु दुखद भएको बताए । करबाट राज्य सञ्चालन भएकोले तत्काल व्यवसायी सञ्चालन गरेकाहरूलाइ कोरोना खोप पाउनुपर्ने बताए व्यवसायी गरेर आएका सबैले स्वास्थ्यका मापदण्ड पालन गरेर सरकारको आदेशको पालना गरेर व्यापार व्यवसाय सञ्चालन गरेको हुँदा सबैले तत्काल कोरोना खोप पाउनुपर्ने बताए बताए । सचेतना कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जोशी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष माधव धामी लगायत सरकारी कार्यालय कर्मचारी उधोग वाणिज्य संघका पदाधिकारी सुरक्षाकर्मी पत्रकार व्यवसायीहरूको सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन उधोग वाणिज्य संघका कार्यालय प्रमुख  हेमराज भट्टले गरेका थिए।

प्रतिक्रिया दिनुस