कञ्चनपुरको उत्तरी भेग ब्रम्हदेबमा प्रसुती सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) उद्घाटन गरिएको छ । बुधबारदेखि भीमदत्त नगरपालिकाले बम्हदेबमा पसुती सेवा केन्द्र संचालनमा ल्याएको हो । भीमदत्त नगरका मेयर सुरेन्द् विष्टले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका छन । प्रसुती सेवा केन्द्र उद्घाटन गर्दै मेयर विष्टले केन्द्र संचालनमा ल्याएसंगै सो क्षेत्रका नागरिकलाई गाँउमै सेवा पाउने बताए ।

 

बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै मेयर विष्टले भीमदत्त नगरकै दुर्गम खल्लामछेट्टी, टुडिखेल, सन्तनगर, ब्रम्हदेब, तिलकेनी सहित डडेल्धुराको मलास सहित छिमेकी भारतीय टनकपुर क्षेत्रका नागरिक समेत लाभान्वित हुने बताए । मेयर विष्टले दुर्गम जनताको स्वास्थ्य सेवामा पहुँचका लागि ब्रम्हदेबमा आधाभूत हस्वाथ्य चौकी सहित स्थापना गरिएको बताए ।

 

प्रमुख अतिथि समेत रहेका मेयर विष्टले प्रसुती केन्द्रबाट सबै महिलालाई उच्चतम गुणस्तरिय सेवा दिन समेत आग्रह गरेका छन । शहरी स्वास्थ्य केन्द्र ब्रम्हदेबका प्रमुख इन्चार्ज गोबिन्द सिह धामीले स्वागत मन्तव्य दिदै प्रसुती सेवा केन्द्रबाट स्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट प्रमुख अतिथि रहेका थिए, भने भीमदत्त नगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र राज जोशी बिशिष्ठ अतिथि, प्रशासकीय अधिकृत हरिसिह धामी, भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका गौरी अवस्थी, तर्कराज भट्ट लगायतका स्वास्थ्यकर्मी एव सरोकारलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस