काठमाडौं श्रावन ६। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा नेकपा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन बैल्दै अहिले पञ्चायत व्यवस्था भन्दा अचाक्ली विकृति देखिन थालेको बताएका छन ।

राजनीतिमा दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन,’ उनले भने, ‘दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ ।’

हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए । वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै नभएको विप्लवको बताएका छन ।

कतिपयले जनमत संग्रहमा जान अहिलेका दलले दिन्छन् रु भनेर प्रश्न पनि गर्ने गरेको बताउँदै उनले भने, ‘यो दिइन्न भने खोसेर पनि लिने कुरा हो । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ भने आज किन मिल्दैन ?

‘सत्ता पाउन देशै बेच्न खोज्ने, राज्य र राष्ट्रलाई सुविधाका लागि लेनदेन गर्ने विषय कसरी आइरहेको छ रु’ विप्लवले प्रश्न गर्दै भने, ‘यहाँका जमिन दलालको हातमा छ, घडेरी किन्न जिन्दगीभर हड्डी खियाउँदा पनि सकिन्न, चरम माफियाकरण छ ।’अहिलेको व्यवस्थामा कम्युनिष्टले पूँजीवादीको सेवा गरिरहेको भन्दै उनले यो लज्जास्पद भएको बताए । अनलाईन खवरबाट

प्रतिक्रिया दिनुस