फाइल ।

कैलालीमा स्कारपियो दुर्घटनामा परि ७ जना घाइते भएका छन् । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका –१० पहलमापुरमो ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ । छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

दुर्टनामा चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका –१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन्। राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने चालकसहित दुई जनाको धनगढीस्थित सीपी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुस