काबुल– अफगानिस्तानलाई तालिबानले पूर्ण रुपले कब्जा गरिसकेका छन् । काबुल कब्जा गरेपछि अफगानी फिल्म निर्देशक साहरा करीमीले संसारभरीका फिल्म क्षेत्रलाई पत्र लेखेकी छिन् । वर्तमान अवस्थाबाट आहत भएकी साहरा लेख्छिन् –‘म अफगानिस्तानको फिल्म निर्देशक हुँ । टुक्रिएको मनबाट म के निवेदन गर्न चाहन्छु भने तपाईंहरु अफगानिस्तानका निर्दोष मानिसका लागि मेरो साथ दिनुहोस् ।’
‘तालिबानीले निर्दोष मानिसलाई मारिरहेका छन् । विभिन्न क्षेत्र उनीहरुले कब्जा गरिसकेका छन् भने धेरै घरहरु लुटिरहेका छन् । महिला र बालबालिकालाई पनि छाडेनन् । एक जना इतिहासकार, कवि, संस्कृति विभागका प्रमुख र एक जना हास्य कलाकारलाई मारिसकेका छन् । स्थिति भयावह रहेको छ । मानवता रोइरहेको छ र तालिबान नाचिरहेको छ । यस्तो समय तपाईँहरुले हाम्रो साथ दिनुहोस् भन्ने म चाहन्छु, उनले लेखेकी छिन् ।
‘संसारभरीका मानवाधिकार संगठन किन चुप छन् भन्ने बुझ्न सकिरहेको छैन, उनले लेखेकी छिन्–‘के उनीहरुले तालिबानसंग केही नबोल्ने सम्झौता गरेका छन् रु यदि यस्तै हो भने कला क्षेत्र पूर्ण रुपमा बन्द हुन्छ । सम्पूर्ण कला क्षेत्र उनीहरुको निशानामा छ । महिलाहरुबाट सम्पूर्ण अधिकार खोसेर उनीहरुलाई घरमा कैद गरिएको छ । युवतीहरुलाई पढ्न दिइएको छैन । महिलाहरु यूनिभर्सिटीजमा पढिरहेका छन्, त्यो पनि बन्द हुन्छ ।’
साहराको उक्त चिठ्ठीले केही प्रभाव पार्छ भन्ने अपेक्षा रहेको छ ।