महेन्द्रनगर–महेन्द्रनगर स्थित भृकृटी माध्यामीक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेका हुन् ।

भीमदत्तनगरपालिका–४ महेन्द्रनगर स्थित भृकुटी माध्यामीक विद्यालयका संयोजक विरेन्द्र प्रशाद भट्टका अनुशार विद्यालयकै कोष बाट ७ जना शिक्षकहरुलाई प्याप्टव वितरण गरिएको हो । कक्षा ८ देखि १२ सम्म सिटिईभिटीईका कक्षा संचालनमा सहजताका लागि ल्याप्टप वितरण गरिएको उनले जनाए ।

प्रतिक्रिया दिनुस