फाइल ।

बैतडी :  सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एकव्यक्ति अझै भेट्टिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका ५ बारुका ४२ वर्षीय रामसिंह साउँद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका थिए ।

बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भएपनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
केहीदिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुस