” सम्झनामा जयसिंह धामी “कविता ✍️ विरेन्द्र शाह

ए प्रिय मान्छे
अब त रोकियो होला
तिम्रो यात्रा ,
तिमी पुग्यौं होला
समुद्रमा

समुन्द्री छालहरुले
तिमिलाई पुर्यायो होला ,
विरानो ठाउँको
कुनै सुमुन्द्री किनारामा !

ए मान्छे…..
महाकाली नदिको मालघाट देखि
समुन्द्र सम्मको तिम्रो यात्रा
निकै पिडादायी रहयो होला हगि ?
असंख्य पल्ट चट्टानहरुमा
तिम्रो टाउको ठोकियो होला ,
यात्रामा भेटिएका अनेकौं
नदिका छालहरुले
कहिले वारि त कहिले पारी पुर्यायो होला ,
अनि
कुनै किनारामा थकाइ मेटन नदिई
नदिमा आएको उर्लदो भेलका सबै छालहरुले
आफै सङ्ग बगाएर लग्यो होला ,
उफ…..!
छालहरु सङ्गको तिम्रो पैठेजोरी !

तिम्रो प्रियसीको
आङ्गको एकसरो गुन्युचोलो फेर्ने ,

लालाबालाहरुको सुनौलो भविष्य निर्माण गर्ने ,
मुटु भित्रको एक अञ्जुली सपना पनि
मुटु छियाछिया भएर
समुद्रमा तैरिरहेको त होला ,
हैन र ?

तिम्रो न्यायको लागि
लडिरहेका ,
तिमी जस्तै
एक अञ्जुली सपना
मुटुमा बोकेका ,
हामी सडकका
भुइँ मान्छेहरु ,

तिम्रो प्रियसी

तिम्रा बा-आमा

तिम्रो लालाबाला

हिमाल-पहाडका
खोचहरु बस्ने ,
सबै सबै मान्छेहरु
तर्फबाट ,
तिमि समुद्रको मान्छेलाई
धेरै धेरै सम्झना छ है ,
प्रिय जय सिंह धामी !

कविता लेखन नेकपा पार्टी विप्लव निकटअखिल क्रान्तिकारी का सेती महाकाली ब्यूरो इन्चार्ज हुन ।

प्रतिक्रिया दिनुस