कञ्चनपुर , भाद्र ८ । बैतडीको डिलाशैनी गाउँपालिकामा एक आमाले पर पुरुष संग अबैध सम्बन्ध राखेर बच्चा जन्माए पछि आफैले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन् ।  बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र आज अदालतबाट म्याद थपेर अनुसन्धान शुरु हुने भएको छ ।  ‘कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान शुरू भएको छ । अनुसन्धान पछि हामी अदालतमा पेश गर्छौ ।’

माधवीका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । गाउँकै १७ बर्षीय किशोरसंग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ । माधवीका १३ बर्षीय छोरा छन् । माधवी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन् ।

प्रतिक्रिया दिनुस