कञ्चनपुर भाद्र १२ । सुदुरपश्चिमका कमेडी च्याम्पियन हिक्मत महरा कमेडी च्याम्पियन रियालिटी सो  सिजन २ को टप ४ मा पर्न सफल भएका छन् ।

शुक्रबार टप ४ मा परे पछि टप ३ का लागि अडिसन सम्पन्न भएको छ ।  कमेडी च्याम्पियन सिजन २ मा  सहभागिता जनाएका हिक्मत महरा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वार्ड नं १ बन्शाहका  हुन ।

कमेडि च्याम्पियन हिक्मतले  सबै सुदुरपश्चिमका जनता लाइ भोटका लागि अपिल गरेका छन्।  कमेडि च्याम्पियन बन्न भोटको आवश्यकता पर्ने भएकोले सबै लाइ भोट गर्न अपिल गरेका हुन । सुदुरपश्चिमका बाट राष्ट्रिय स्तरको कमेडिएन नभएको हुँदा सुदुरपश्चिमका जनता लाई भोट गरेर टप १ सम्म पुर्याउन भोटको अपिल गरेका छन् ।

हिक्मत महराले कमेडि च्याम्पियन सिजन २ राजनितिक प्रति कमेडि गरेर दर्सकलाई हँसाउन सफल भएका छन् । टप ३ का  अडिसन दिएका हिक्मत महराले अहिले समाज सेवाको नाममा भइरहेको विकृतिमा बारेमा तिखो व्यङ्ग्य प्रहार गरेर  दर्शकलाई हँसाउन सफल भएका छन्।  कमेडि च्याम्पियन लाइ भोट गर्न  प्रभु पेए डाउनलोड गरेर प्रभु पेए मा भोटमा गएर बढी भन्दा बढी भोट दिन अपिल गरेका छन्।

कमेडि च्याम्पियन पहिलो बिजेताले कार पाउने भएका छन् दोस्रो विजेता मोटरसाइकल र तेस्रो विजेता इस्कुटर पाउने कमेडि च्याम्पियन आयोजकले जनाएको छ।

कमेडि च्याम्पियन सिजन २का टप ४मा पर्ने सफल भएका कमेडियन हिक्मत महरा , भारत मणि पौडेल, सन्तोष थापा विक्की अग्रवालले टप ३का लागि अडिसन दिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुस