सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी रोज्ने सांसदहरूको आजै सनाखत गर्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले २२ गते सम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको अझै सनाखत हुने प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन्। सुदूरपश्चिम प्रदेशमा एमालेको २५ सांसद छन् ।

नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दाबी गरेको छ। ‘हामीसँग १४ सांसद छन् । सनाखत हुन मात्रै वाकी छ’ नेकपा एकीकृत समाजवादीका एक सांसदले भने,‘ हामी प्रदेशको सबै भन्दा ठूलो दल बन्छौँ ।’ ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् ।

अहिले सभामुख सहित एमालेका २५ माओवादी केन्द्रको १२ काँग्रेसको १२ र जनता समाजवादी पार्टी जसपाको २ सांसद छन् ।

प्रतिक्रिया दिनुस