कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ४ मा शुद्ध खानेपानी नभएका घरमा बायो फिल्टर जडान कार्य सुरु गरिएको छ। शुद्ध खानेपानी  नभएका टोलहरुको प्रत्येक घरमा बायो फिल्टर जडान कार्य सुरु गरिएको वडा कार्यालय जनाएको हो ।

वडाका खानेपानीको पहुँचमा नभएका २८० घरमा बायो फिल्टर जडान गरिने वडाध्यक्ष अर्जुन ढकालले बताए। एक घर एक फिल्टर भन्ने मुल नाराका साथ वडाबाट १५ लाख बजेट विनियोजन गरी निःशुल्क बायो फिल्टर जडान गर्न थालिएको उनले बताए। यस्तै खानेपानी ट्याङ्क निर्माण गर्ने, वडामा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने, जेष्ठ नागरिक सम्मान कार्यक्रम, थप १०० वटा सडक बत्ति जडान गर्ने आगामी योजना रहेको उनले बताए।

प्रतिक्रिया दिनुस