सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले १० बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ।

गत शुक्रवार पनि सत्तारुढ दलका नेताहरुको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री देउवाले दलहरुलाई मन्त्रीको नाम मागेको थियो। सत्तामा सहभागी दलहरुले सके आजै नभए भोलिसम्ममा मन्त्रिपरिषद्को विस्तारको तयारी गरेको बताइएको छ। सर्वोच्च अदालतको परमादेशमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन देउवाले कांग्रेसबाट दुई जना र माओवादीबाट दुई जना मन्त्री नियुक्त गरे। पछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भए। हाल सरकारमा प्रधानमन्त्रीसहित ६ जना मन्त्री रहेका छन्।

प्रतिक्रिया दिनुस