कञ्चनपुर असोज १७ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । आइतबार बसेको मठैराज सांस्कृतिक क्लबको बैठकले यही कार्तिक १६ गते देखि २० गते सम्म महोत्सव आयोजना निर्णय गरेको छ । आउँदै गरेको बडा दसैँ तथा तिहारको अवसरमा पाचौं बृहत् साङ्गतिक महोत्सव २०७८ को आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेशराज पन्तले बताउनुभयो ।

कार्यक्रममा स्थानीय भेष भूषा छलिया नाच, फाग, डुस्को, घुमारी र मठैराज युवा क्लबको बेजोड नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकार देखि, राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने  बताए

बैतडी जिल्लाकै बिकट बस्तीमा रहेको मठैराज युवा क्लबले जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । मठैराज युवा क्लबले संस्कृति कार्यक्रम गरेर भाषा संस्कृति संरक्षण उल्लेखनिय भुमिका निर्वाह गरेको छ।  छिटो समयमा मठैराज युवा क्लबले मेला महोत्सव तिज बिशेष लगायतका संस्कृतिक कार्यक्रम गर्दै आएको छ।

कार्यक्रम सञ्चालन गर्नको लागि आर्थिक समिति पनि गठन गरिएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा डिलाशैनी गाउँपालिकाबासीलाई आर्थिक सहयोगको लागि अपिल गरिएको छ । यस्तै कार्यक्रममा सहयोग गर्ने सहयोगी मनहरूलाई विशेष सम्मान गरिने र विगतका वर्षमा पनि हामीलाई सहयोग गर्दै आएका सहयोगी दाताहरूलाई पनि सम्मान गरिने क्लबका अध्यक्ष पन्तले बताउनुभयो ।

दशैं तिहारको अवसर पारेर सांस्कृतिक महोत्सवको आयोजना हुने भएकोले दर्शक हरूको व्यापक उपस्थिति हुने आयोजकको आसा रहेको छ।महोत्सवमा निःशुल्क रूपमा अवलोकन गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ । मठैराज सांस्कृतिक क्लब २०७१ सालमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुस