महेन्द्रनगर । धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो । पहिलो म्याच २५–२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५–१३ ले जितेको थियो ।

त्यस्तै अन्तिम म्याच १७–१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो । उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस÷पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । प्रतियोगिता यहि असोज २० गतेदेखि धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।

प्रतिक्रिया दिनुस