नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट बोहराले देउवाकी श्रीमती आरजु राणानिकट रमेश भण्डारीलाई पराजित गरेका हुन्।

असोज १७ गते सम्पन्न हुने नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन तथा मतदान प्रमुख मतदान अधिकृत नै गायब भएपछि स्थागित भएको थियो। केन्द्रले नयाँ मतदान अधिकृत खटाएपछि २१ गतेबाट मतदान सुरु भएको हो। बोहराले ८७७ मत ल्याएर विजयी भएका हुन्। भण्डारीले ५०८ मत प्राप्त गरेका छन्। कुल एक हजार पाँच सय ९८ जना मतदाता रहकोमा एक हजार चार सय पाँच मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ। २० मत बदर भएका छन्।

प्रतिक्रिया दिनुस