काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा मन्त्री बन्न पुगेका गजेन्द्र हमालले आज राजिनामा दिने तयारी थालेका छन् । पद सम्हालेको ७२ घण्टामै उनले राजीनामा दिने तयारी थालेका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज राजीनामा दिने जानकारी गराइसकेको बालुवाटार स्रोतले जनाएको छ ।

गैरसांसद हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ । नाताले उनी राणाका जेठान हुन् । हमालले आफ्नो मन्त्रीमा नियुक्तिका विषयमा अनावस्यक विवाद उब्जाइएकोले मन्त्री पदमा बसेर आलोचना खेप्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्ष निकालेर राजीनामा दिने तयारी गरेको आफू निकटस्थहरूलाई बताएका छन् ।

प्रतिक्रिया दिनुस