महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश समितिले बाढी पहिरोमा परेकाको अविलम्ब उद्दार गर्न माग गरेको छ ।

आइतबारदेखिको वर्षा र पहिरोमा परी सुदूरपश्चिममा १६ जना बढीले ज्यान गुमाएका छन । भने कतै सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

यसै बिच नेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महरा(चिन्तक)द्वारा हस्ताक्षरित विज्ञप्तीमा बाढी पहिरोमा परेकाको उद्दार र उचित राहतको ब्यवस्था गर्न माग गरीएको छ ।

विज्ञप्तिमा भनीएको छ-`असोज ३१ गते देखि कार्तिक 2 गते सम्म परेको अविरल वर्षाका कारण बझाङ डडेल्धुरा डोटी कैलाली सहितका जिल्लामा भएको मानवीय क्षति र कञ्चनपुर शुक्लाफाँटामा जंगली हात्तीको आक्रमण बाट भएका मानवीय क्षति पाकेको खेतीमा पारेको प्रभाव बाढी पहिरोले गरेको जनधनको क्षतिले नेकपा ( क्रान्तिकारी माओवादी ) गम्भीर भएको छ बेमौसमी पानी बाढी पहिरोबाट भएको मानवीय क्षतिमा मृतकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली बेपत्ता मान्छेको खोजी घाइतेको उपचार घरवारविहीन परिवारलाई उचित बासस्थान राहत सहितको भएको क्षति अनुसारको क्षतिपूर्तिको ब्यबस्था गर्न तिनै तहका सरकार शीत नेकपा (क्रान्तिकारी माओवादी ) सुदुरपश्चिम प्रदेश समिति जोडदार माग गर्दछ। साथै यस्तो बिपत्ति को समयमा सहयोगी भावका साथ पिडितलाई सहयोग गर्न सम्पुर्ण जनसमुदाय पार्टी नेता कार्यकर्ता जवसमोर्चामा आवद्ध कामरेड हरुमा हार्दिक अपिल गरिन्छ ।´

प्रतिक्रिया दिनुस