बैतडी : समयमै उपचार नपाउँदा बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । सोमबार राती डिलाशैनी गाउँपालिका–६ का २१ वर्षीय पुजा थलालको समयमै उपचार नपाउदा मृत्यु भएको गोकुलेश्वर अस्पतालले जनाएको छ । कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको अवस्था सामान्य थियो ।
उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए । उनलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो । सोही दिन राति अविरल वर्षाले बैतडी–डडेलधुरा सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको उनले बताए ।
प्रतिक्रिया दिनुस