महेन्द्रनगर । सार्वजनिक यात्रु वाहक सवारी साधनमा अप्रत्यासित र मनपरी ढंगले भाडा असुल्ने काम भइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले वैज्ञानिक भाडा दर कायम गरि लागु गर्न माग गरेको छ । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सवारीसाधनहरुले मनपरि ढंगले चर्काे भाडा असुल्ने कार्य निन्दनी भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,– सार्वजनिक सवारीले मनपरि ढंगले भाडा असुल्ने र स्थानिय समितीहरुले समेत मनलाग्दी ढंगले भाडा वृद्धी गरेर लुट मच्चाइरहेको हुँदा अविलम्ब वैज्ञानिक भाडादर कायम गरी लागू गर्न नेपाल सरकार र सम्बन्धीत पक्ष सँग जोडदार अपिल गर्दछौ।
अन्यथा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

त्यस्तै शनिवार चिकित्सा शिक्षा अध्ययन संस्थाले झण्डै ४ गुणा परीक्षा शुल्क वृद्धी गरी २५ सय बाट एकाएक ९ हजार पु¥याएको प्रती संगठनले खेद व्यक्त गरेको छ ।
शैक्षीक माफिया र दलाललाई पोस्ने निर्णय अविलम्ब खारेज गर्न सरकार सँग माग गरिएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुस