सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने जनाएको छ । विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो ।

आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको जनाएको छ ।
यस्तै, आयोगले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि गरेको छ । आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिटथप गर्दै २० युनिट पुर्याइएको हो ।

प्रतिक्रिया दिनुस