कञ्चनपुर कात्तिक १६ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको उपचार पछि स्वास्थ्य सुधार भइरहेको छ । सोमबार बिहान एक्कासी बेहोस भएपछि उहाँलाई सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

मंगलबार इको, इसिसी लगायतका चेकजाँच गरिएको छ रिपोर्ट आउन बाँकी रहेको भएपनि  स्वास्थ्यमा निकै उल्लेख्य सुधार आएको अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष सिलु न्यौपानेले जानकारी दिनुभयो।

क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता शुभचिन्तक आफन्त लगायतकले नेकपा क्रान्तिकारी माओवादी स्थायी समिति सदस्य  गजुरेलको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुस