कञ्चनपुर कात्तिक १६ ।काठमाडौंको बसन्तपुर डबलीमा भएको प्रथम राष्ट्रिय शिखर वार बुदोकैदो कराँते प्रतियोगितामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका खेलाडीले ७ पदक जितेका छन् भने २ खेलाडी उत्कृष्ट भएका छन् ।

कात्तिक ११–१३ गतेसम्म भएको प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका–१ स्थित शुक्लाफाँटा बुदोकैदो शाखा गणेशपुरबाट १४ खेलाडी सहभागी भएका थिए ।

प्रतियोगितामा ४० किलोग्राम तौल समूहमा भुवन विष्ट र ४५ किलोग्राम तौलमा पूर्णिमा खडायत उत्कृष्ट खेलाडी भएका छन् ।

प्रतियोगितामा २ खेलाडी ३० किलोग्राम तौलमा जितेन्द्र विष्ट र ३५ किलोग्राम तौलमा मनिष जोशीले स्वर्ण पदक जितेका छन् ।

शुक्लाफाँटाका ४ खेलाडीले रजत पदक जितेका छन् । जसमा खुला तौल समूहमा सागर विष्ट, ६५ किलोग्राम तौलमा धनबहादुर विष्ट, ३० किलोग्राम तौलमा वासुदेव खडायत र ३५ किलोग्राममा निराजन गडाल रहेका छन् । प्रतियोगितामा ३० किलोग्राम तौल समूहमा रोहित विष्ट ‘छोटे सरकार’ले कास्य पद जितेका शाखा प्रमुख प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिए ।

प्रतियोगितामा खुला तौल समूहतर्फ १/१ तोला सक्कली सुनको स्वर्ण पदक पुरस्कार राखिएको थियो । आगामी प्रतियोगितामा सबै तौल समूहमा सक्कली सुनको पदक राखिने आयोजकले जनाएको छ ।

गणेशपुरमा शाखा सञ्चालकमा आएपछि कराँतेतर्फ स्थानीय बालबालिका र युवाको आकर्षण बढेको छ । शाखा प्रमुख प्रशिक्षक बोहराले गणेशपुरमा प्रत्येक दिन प्रशिक्षण दिने गरेका छन् ।

प्रतिक्रिया दिनुस