डम्मर भट्ट

ग्वालेक ग्रुफले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको बस्तु उत्पादन गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन बजारमा ल्याएको छ । बजारको माग अनुरुप कम्पनीले शौचालय सरसफाई गर्ने क्लिनर बजारमा ल्याएको कम्पनीले जनाएको छ । ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक एव नेहा हर्बल ईन्डष्ट्रिज प्रालिका संचालक पिताम्बर जोशीले स्वास्थ्यका लागि सरसफाई गर्ने र विदेशी बस्तु भन्दा गुणस्तरिय सस्तो बस्तु बजारमा ल्याएको बताए । ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक जोशीका अनुसार अहिले कम्पनीले ५ सय एमएल, एक लिटर र ५ लिटरमा सुपर साईन उत्पादन गरेको छ । यस अघि ग्वालेक ग्रुपले सेनिटाईजर, सोसा, साबुन सहितका बस्तु उत्पादन गरेको छ । आर्थिक विकासका लागि स्थानीय बस्तु तथा सेवाको उत्पादनबाट आत्मनिर्भर बन्न सकिने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुस