नेकपा एमाले भीमदत्त नगरको अध्यक्षमा हिमाल चन्द चयन भएका छन् । सोमबार देखि सुरु भएको एमाले भीमदत्त नगरको अधिवेशनबाट बुधबार चन्द अध्यक्षमा चयन भएका हुन । चन्दसंगै अध्यक्षका लागि निवर्तमान अध्यक्ष रमेश तिरुवा सहितका नेताहरु देखिएका थिए । एमाले भीमदत्त नगरको अध्यक्षमा चन्दको मात्रै घोषणा भएको छ । चन्द भीमदत्त नगरपालिकाका प्रबक्ता हुन उनी विद्यार्थी राजनितीबाट आएका हुन । एमाले नगरको अध्यक्ष भएका चन्दले पार्टीको निती सिद्धान्त अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुस