महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको बेलौरी नगरअध्यक्षमा चक्र बहादुर कठायन चयन भएका छन् । बिहिवार सम्पन्न भेलाले कठायतको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटि समेत चयन गरेको हो ।

नगर कमिटिको उपाध्यक्षमा मायाराम शर्मा र बिर बहादुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा रेशम सुनार, रामप्यारी बि.क. र तौला राना रहेका छन । त्यसैगरी सदस्यमा धनिराम चौधरी, दयाराम राना, हेमन्त कुमार श्रेष्ठ, दिपेन्द्र शाही लगायतका रहेका छन् ।

एकीकृत समाजवादीको यसअघी भिमदत्त र दोधारा चाँदनी नगरपालिकामा पार्टीको नगर भेला सम्पन्न भइसकेको छ । लालझडी गाउँपालिकामा १८ गते, बेलडाँडी गाउँपालिकामा १७ गते, कृष्णपुर नगरपालिकामा २१ गते र बेदकोट, शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा २५ गते नगर भेला हुने एकिकृत समाजबादी पार्टीका कञ्चनपुर अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुस