फाइल ।

कैलाली । कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्। हुलाकी सडकखण्ड अन्तर्गत टीकापुर नगरपालिका–७, बैदीस्थित कल्भर्टबाट खसेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

‘टीकापुरबाट हुलाकी सडक हुँदै भजनी आउँदै गर्दा कल्भर्टबाट खसेर डगौराको मृत्यु भएको हो’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘साइकलमा सवारी उनी माधक पदार्थ सेवन गरेका थिए। उनी साइकलसहित कल्भर्टबाट तल खसेका थिए।’

प्रतिक्रिया दिनुस